शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केपी ओलीको निष्कर्ष : पार्टीभित्रको अन्तर्घातले चुनाव हारियो

नीति तथा कार्यक्रमको चिरफार गर्न निर्देशन
बुधबार, ११ जेठ २०७९, १७ : ५५
बुधबार, ११ जेठ २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय चुनावमा सोचेअनुसार आफ्नो पक्षमा नतिजा नआएको निष्कर्ष सुनाएका छन् ।  बुधबार बसेको सो पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष आलीले स्थानीय निर्वाचनको नतिजाबारे चर्चा गर्दै पार्टीभित्रको अन्तर्घातका कारण सोचेअनुसार नतिजा नआएको बताएको एक सांसदले बताए ।

 ‘निर्वाचनमा पार्टीभित्रै अन्तर्घात भएको छ । यसको गम्भीर समीक्षा गर्न जरुरी छ’, अध्यक्ष ओलीको भनाई उदृत गर्दै ती सांसदले भने, ‘उपमेयर जित्दा मेयर किन जितिँदैन ? यो भनेको अन्तर्घात होइन ?’

त्यस्तै अध्यक्ष ओलीले सरकारले मंगलबार संसदमा पेश गरेको नीति तथा कार्यक्रम मुलुकको समस्या सम्बोधन गर्नेतर्फ केन्द्रीत नभई निरन्तरता मात्रै भएको भन्दै त्यसबारे चिरफार गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । साथै अध्यक्ष ओलीले सरकारको उक्त नीति तथा कार्यक्रमले मुलुकलाई थप भड्खालोमा पार्नसक्ने समेत बताएको सांसद शेरबहादुर तामाङले जानकारी दिए । 

एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा स्थानीय तह निर्वाचन परिणामबारे संक्षिप्त विश्लेषण गरिएको जानकारी दिए । त्यसक्रममा अध्यक्ष ओलीले निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै आगामी निर्वाचनमा थप योजनासहित अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएको भट्टराईले जानकारी दिए । 

बिहीबारबाट हुने नीति तथा कार्यक्रममाथिको छलफलमा पार्टीका सांसदहरुलाई सांसदहरुलाई तर्कसंगत ढंगले आफ्ना कुरा राख्न र नीति तथा कार्यक्रमको चिरफार गर्न अध्यक्षले निर्देशन दिएको भट्टराईले बैठकपछि जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप