मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आँचलको ‘वर एन्ड बधु’ निर्माण घोषणा

बुधबार, ११ जेठ २०७९, १७ : ५८
बुधबार, ११ जेठ २०७९

फिल्म ‘वर एन्ड बधु’ निर्माण घोषणा गरिएको छ । बुधबार निर्माण युनिटले काठमाडौमा एक कार्यक्रमकाबीच फिल्मको औपचारिक निर्माण घोषणा गरेको हो । फिल्म मिलन चाम्सले निर्देशन गर्न लागेका हुन् ।
प्रेमकथामा निर्माण हुने फिल्ममा अभिनेत्री आँचल शर्मा, साम्राज्ञी आरएल शाह, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, रविना केसी, सृष्‍टि खड्काको अलवा र नव–अभिनेता विवेक कर्माचार्यको समेत मुख्य भूमिका रहनेछ ।

रोमानिया, इटली, फ्रान्स र नेपालमा छायांकन हुने बताइएको फिल्मको छायांकन जेठको अन्तिमबाट सुरु हुनेछ । कार्यक्रममा निर्देशक चाम्सले आफूले निर्देशन गरेको अन्य फिल्म भन्दा यो फरक हुने बताए ।

अभिनेत्री आँचलले निर्देशक चाम्सको फिलम पहिलो पटक खेल्न लागेको खुसी ब्यक्त गरिन् । उनले फिल्ममा आफु अहिलेसम्मकै फरक भुमिकामा देखिने बताइन् । नेपाली र हिन्दी भाषामा निर्माण हुने भनिएको फिल्ममा सुदीप बरालको छायांकन, अर्जुन जिसीको सम्पादन, हिमाल केसीको द्वन्द्व, अर्जुन पोखरेल र युग भूषालको संगीत रहनेछ । फिल्ममा नृत्य निर्देशकको रुपमा कविराज गहतराज रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप