शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सूर्य नेपाल गल्फको तेस्रो दिन शुक्रलाई अग्रता

बुधबार, ११ जेठ २०७९, १८ : ०४
बुधबार, ११ जेठ २०७९

सूर्य नेपाल गल्फ च्याम्पियनसिप अन्तर्गत बुधवारको खेलमा शुक्रबहादुर राई निरज तामाङलाई एक स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएका छन् ।

सूर्य नेपाल गल्फ टुर अन्तर्गतको अन्तिम प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपको तेस्रो दिनको खेलमा शुक्रले ६ अण्डर ६६ स्कोरका साथ समग्रमा १६ अन्डर दुई सय स्कोर कार्ड बनाउँदै शीर्ष स्थान हासिल गरेका हुन् । दोस्रो दिनको खेलसम्म अग्रस्थानमा रहेका निरजले तेस्रो दिन तीन अण्डर ६९ स्कोरका साथ कुल १५ अन्डर दुई सय एक स्कोरकार्ड खेलेका थिए ।

पहिलो दिनका लिडर वाङचेनले तेस्रो दिन दुई अण्डर ७० स्कोरका साथ कुल १२ अण्डर दुई सय चार स्कोरकार्ड बनाएका छन् । उनी समग्रमा तेस्रो स्थानमा छन् । यस्तै नेपाल नम्बर एक भुवन नगरकोटी चौथो स्थानमा छन् । उनको कुल १० अण्डर दुई सय ६ स्कोरकार्ड छ । उनले तेस्रो दिन दुई अण्डर ७० स्कोरकार्ड खेलेका थिए ।

कुल ५४ खेलाडीको सहभागिता रहेको च्याम्पियनसिपमा ४३ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले दुई लाख ५० हजार रुपैयाँ पाउनेछ भने उपविजेताले एक लाख ५५ हजार रुपैयाँ पाउनेछ । यस्तै तेस्रो हुनेले एक लाख १० हजार रुपैयाँ पाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप