शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारत-पाकिस्तानमा यस वर्ष लूले किन बढी प्रभावित बनायो ?

बुधबार, ११ जेठ २०७९, १८ : २३
बुधबार, ११ जेठ २०७९

भारत र पाकिस्तानका करोडौं मानिसलाई प्रभावित बनाइरहेको तातो वाफ (लू)को लहरले नाजीर अहमद गाउँ तुर्बत नराम्ररी प्रभावित बनाइरहेको छ।  अप्रिलमा पाकिस्तानको तुर्बतको तापक्रम कयौं पटक ५० डिग्री सेल्सियस नजिक पुगेको थियो । विगतमा अप्रिल यति गर्मी हुँदैनथ्यो ।  

स्थानीय मानिस दिनभर गर्मीका कारण घरभित्रै बसिरहन्छन्। अत्यावश्यक काम रातको समयमा गरिन्छ। स्थानीयबासी एकातर्फ गर्मी झेलिरहेका छन् भने अर्कोतर्फ पानी र विजुलीको अभाव खेपिरहेका छन्। अहमदलाई स्थिति पहिलेभन्दा बिग्रिँदै गएको लाग्छ। 

सन् २०२१ मा तुर्बतमा मे महिनामा विश्वको सबैभन्दा तातो तापक्रम अर्थात ५४ डिग्री सेल्सियस मापन भएको थियो । यो वर्ष सहरको तापक्रम झन् बढ्ने अहमदलाई लाग्छ। तातो हावा बढेसँगै भारत र पाकिस्तानको उर्जा संकट चर्केको छ। २ लाख मानिस बसोबास गर्ने तुर्बतमा अहिले दिनमा नौ घण्टा लोडसेडिङ हुन्छ। ‘हामी अहिले नर्कमा बाचिरहेका छौं,’ अहमदले भने । भारत र पाकिस्तानमा अहिले अहमदजस्तै अनुभव गर्ने धेरै छन् ।  

जलवायु परिवर्तनका कारण यस उपमहाद्विपमा प्रचण्ड गर्मी दुई महिनाअघि नै आउन थालेको छ। यो वर्ष भारतीय उपमहाद्विपको पश्चिम र मध्य भाग १२२ वर्षयताकै सबैभन्दा गर्मी रह्यो । सिन्ध प्रान्तस्थित ज्याकोबावादमा ४९ डिग्री सेल्सियस तापक्रम मापन गरियो, जुन सो महिनाको लागि विश्वकै सबैभन्दा उच्च तापक्रममध्ये एक हो। 

तातो बाफले कृषि उत्पादनमामा समेत असर गर्न थालिसकेको छ। अति प्रभावित केही क्षेत्रमा उब्जनी आधासम्मले घटेको छ। युक्रेनमाथि रुसको आक्रमणले विश्वमा खाद्यान्न आपुर्ति अभाव गराइरहेको समयमा प्रमुख खाद्यान्न उत्पादक भारतको यो स्थितिले धेरैलाई चिन्तित बनाएको छ। 

जलवायु संकटको कारण पाकिस्तान अहिले ‘अस्तित्वको लडाई’ लड्नुपर्ने स्थितिमा पुगेको पाकिस्तानकी जलवायु मन्त्री शेरी रेहमानले भनिन् ।  
रेहमानका अनुसार तातो राफले देशको उत्तरी भेगका हिमनदीहरु अभूतपूर्व दरमा पग्लिरहेका छन्। हजारौं मानिस अहिले अचानक आउने बाढीको जोखिममा बाँचिरहेका छन्। बढ्दो गर्मीले कृषि उत्पादनका साथै पानीको आपुर्तिमा पनि असर गरेको बताइन्। 

रेहमानले तातो राफको विध्वसंपछि अन्तराष्ट्रिय समुदाय जाग्नुपर्ने बताइन्। ‘तातो राफ अब भविष्यको जोखिम होइन, पन्छाउन नसकिने गरी वर्तमानको यथार्थ बनिसकेको छ,’ गुजरात इन्स्टिच्युट अफ डिजास्टर म्यानेजमेन्टका सह प्रध्यापक अभियान्त तिवारीले भने । 

विश्व जलवायु संगठनले एक वक्तव्यमा भारत र पाकिस्तानमा पछिल्लो समय देखिएको उच्च तापक्रम जलवायु परिवर्तनको असरका कारण उत्पन्न हुने भनेर अपेक्षा गरिए अनुरुप नै रहेको बताए । 
सामान्यतया तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि जादाँ तातो राफ बहन थाल्छ । भूउपग्रहीय तस्विरले मापन गर्दा जमिनको तापक्रम ६० डिग्री कटेको पाइएको छ। जबकि विगतका वर्षमा जमिनको तापक्रम ४५ डिग्रीदेखि ५५ डिग्रीबीचमा हुने गथ्र्यो । 

‘अहमदावादको दक्षिण–पूर्व र दक्षिण–पश्चिमको तापक्रम सबैभन्दा बढि मापन गरिएको छ। तर त्यस भेगमा अधिकतम तापक्रम ६५ डिग्रीसम्म पुगेको पाइएको छ,’ युरोपियन स्पेस एजेन्सीले उसको वेबसाइटमा भनेको छ। 
उच्च तापक्रमको समयमा भारत र पाकिस्तानमा उर्जाको माग उच्च हुने गर्छ । राष्ट्रिय प्रसारण ग्रिडमै असर पर्न जाँदा लोडसेडिङ थपिन्छ। 

भारत सरकारका अनुसार गर्मीका बीच अप्रिल २९ को दिन भारतमा विजुलीको माग २,०७,१११ मेगावट पुगेको थियो । भारत अहिले ६ दशकयताकै सबैभन्दा गम्भिर विद्युत अभाव सामना गरिरहेको छ। 
झारखण्ड, हरयाणा, विहार, पन्जाब र महाराष्ट्र लगायतका राज्यमा विजुली ८ घण्टासम्म काटिन्छ। युक्रेन युद्धका कारण कोइलाको अभाव सिर्जना हुनु यसका पछाडिको मुख्य कारण हो। भारतले कोइलाको आपुर्ति तिव्र बनाउनको लागि यात्रुवाहक रेलसमेत रोक्नु परेको थियो । 

वैज्ञानिकहरुले भारत तथा पाकिस्तानले बदलिएको तापमान यहाँको यथार्थ भएकाले आम मानिसलाई योसँग अनुकुलित हुने कार्यक्रम ल्याउन ढिलो भईसकेको बताउन थालेका छन्। कार्बन उत्सर्जन कटौती गर्ने दीर्घकालिन कार्यक्रममा अतिरिक्त उच्च तापमानबाट प्रभावित जनताका लागि कार्यक्रम ल्याउन ढिलो भईसकेको तिनको विचार छ। 
द गार्जियनबाट

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप