आर्ट काउन्सिलमा ‘कला प्रदर्शनी’
सिर्जना कलेज अफ फाइन आर्टस्को आयोजनमा काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा एकहप्ते कला प्रदर्शनी आयोजना गरिएको छ । कलेजसँग सम्बद्ध २४ प्रतिनिधिका ५१ वटा चित्र प्रदर्शनीमा समावेश रहेको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा एक कलाकारका पाँच वटासम्म चित्र समेटिएको छ । कलाकारले विभिन्न समसामयिकसहित, जनजीविका, अमूर्त, धार्मिक, सांस्कृतिक तथा सम्पदा र पुरातात्विक क्षेत्रका चित्र सिर्जना गरेका छन् । फ्याँकिएका वस्तुबाट बनेका चित्रसमेत प्रदर्शनीमा राखिएको छ ।
कलेजका संस्थापक सदस्य तथा प्राध्यापक सुनिल रञ्जितले सिर्जना २०२२ शीर्षकमा कला प्रदर्शनी आयोजना गरिएको जानकारी दिए । कलेजमा आबद्ध अग्रज कलाकारको सिर्जना प्रदर्शनी गर्दा विद्यार्थीलगायत अन्य कलाकारलाई समेत प्रेरणा मिल्ने र समाजमा कलेजको पनि उपस्थिति देखिने भएकाले प्रदर्शनी आयोजना गर्दै आइएको रञ्जितले जानकारी दिए ।
उनका अनुसार गत वर्ष कोरोनाका कारण प्रदर्शनी आयोजना गर्न नसकिए पनि यसपटक चौथो संस्करणका रुपमा प्रदर्शनी आयोजना गरिएको हो । यसरी कलेजले सन् २०१८ देखि प्रदर्शनी गर्दै आइएको थियो । प्रदर्शनीअन्तर्गत बिहीबार विद्यार्थीले प्रत्यक्षरुपमा मुहार चित्र सिर्जना गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद