
मोहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले गरे पदभार ग्रहण

कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले पदभार ग्रहण गरेका छन् । बुधबार पदभार ग्रहण गर्दै उनले विभिन्न सात वटा निर्णय गरेका हुन् ।
जनयुद्धकालीन घाइते, अपाङ्गहरूको परिचय पत्रका आधारमा उपचार व्यवस्था मिलाउने उनले पहिलो निर्णय गरेका छन् । त्यस्तै सहिद बेपत्ता, द्वन्द्वपीडित र विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई अध्ययन गर्न एक छात्रा र एक छात्रलाई कोटा निर्धारण गर्ने निर्णय गरेका छन् । निःशुल्क बालि तथा पशुपन्छी बीमा कार्यक्रम लागू गर्ने, सामाजिक सुरक्षा भत्ता घरघरमै वितरण गर्नेलगायत सात निर्णय उनले गरेका छन् ।
सडक सञ्जाल नजोडिएका सबै ठाउँमा सडक विस्तार गर्ने र सुगरखाल र पण्डौन स्वास्थ्य चौकीलाई १५ शय्याको अस्पतालमा विकसित गर्ने र भूमिहीन, अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ