शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दैलेख बस दुर्घटना अपडेट : ४ जनाको मृत्यु

बुधबार, ११ जेठ २०७९, २१ : २७
बुधबार, ११ जेठ २०७९

दैलेखको आठबीस नगरपालिका –३ अन्तर्गत पर्ने सिस्ने भन्ने ठाउँमा बुधबार साँझ यात्रुबाहक दुर्घटना भएको छ ।  मुगु कालिकोटको जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दुर्घटनामा परि कर्णाली नदीमा खसेको हो ।  

घटनामा परी चार जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरकुमार शाहले रातोपाटीलाई जानकारी दिए । बस सडकबाट झण्डै ५० मिटर तल नदीमा खसेको छ । बसमा ३५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप