
रौतहटको फतुवा विजयपुरमा काँग्रेस विजयी

रौतहटको फतुवा विजयपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । काँग्रेसको तर्फबाट प्रमुखमा गोपाल राय यादव र उपप्रमुखमा अमवेया खातुन निर्वाचित भएकी छन् ।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा काँग्रेसका गोपाल राय यादवले नेकपा एमालेका विजय यादवलाई १ हजार ४९० मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन् । नवनिर्वाचित नगर प्रमुख गोपाल राय यादवले ४ हजार ८५१ मत पाउँदा विजय यादवले ३ हजार ३६१ मत पाए ।
यस्तै, उपमेयरमा पनि काँग्रसका उम्मेदवार रहेकी खातुनले एमालेकी कान्ति देवीलाई १ हजार ४९४ मतान्तरले पछि पार्दै उपमेयर पदमा विजयी भएकी हुन् । खातुनले ५ हजार १६२ मत प्राप्त गर्दा देवीले ३ हजार ६६८ मत प्राप्त गरिन् । यससँगै काँग्रेसले रौतहटमा सात पालिकामा जित हात पारेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ