शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आगलागीबाट क्षति भएका परिवारलाई सोसेकको सहयोग

बुधबार, ११ जेठ २०७९, २१ : ५९
बुधबार, ११ जेठ २०७९

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले आगलागीबाट क्षति भएका परिवारका लागि सहयोग उपलब्ध गराएको छ । आगलागीका कारण ठाटीकाँध गाउँपालिका–६ निवासी नरेन्द्र बहादुर थापाको क्षति भएको थियो । 

उक्त घरका चार जना बालबालिका तथा परिवारका लागि सामाजिक सेवा केन्द्र (सोसेक) द्वारा सञ्चालित बाल हेल्पलाइन १०९८ को तर्फबाट खाद्यान्न सहयोग प्रदान गरिएको हो । 

ठाटिकाँध गाउँपालिका अध्यक्ष रक्षबहादुर शाह र वडा नम्बर ६ वडाध्यक्ष जोरासिंह रोकाया क्षेत्रीले खाद्यान्न सहयोग हस्तान्तरण गरेका छन् । चामल, दाल, नुन, तेल गरी ६ हजार ५ सय बराबरको खाद्यान्न उपलब्ध गराइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप