
पृथ्वीसुब्बा सहभागी कार्यक्रममा एमाले कार्यकर्ताको नाराबाजी : अन्तर्घाती मुर्दावाद !

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी सहभागी कार्यक्रममा एमाले कार्यकर्ताले नाराबाजी गरेका छन् । बुधबार एमाले पोखरा महानगर कमिटीले स्थानीय तह निर्वाचनमा विजयी जनप्रतिनिधिको स्वागतमा आयोजना गरेको कार्यक्रममा कार्यकर्ताहरूले नाराबाजी गरेका हुन् ।
कार्यक्रममा उपमहासचिव गुरुङले सम्बोधन गर्न थालेपछि कार्यकर्ताहरूले ‘अन्तर्घाती होसियार’, ‘अन्तर्घाती मुर्दावाद’, ‘अडियो भिडियो काण्ड सार्वजनिक गर’, भन्ने नारा लगाएका हुन् । स्थानीय तह निर्वाचनमा पोखराको प्रमुखका उम्मेदवार कृष्ण थापालाई एमाले कार्यकर्ताले नै भोट नदिएर चुनाव हारेको भन्दै एमाले कार्यकर्ताले नेतृत्वसामु विरोध गरेका हुन् । गण्डकी प्रदेशमा नेता गुरुङ र अधिकारीबीच गुटगत लडाई छ ।
एमालेले पोखरा महानगरको मेयरमा पहिला दीपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उक्त निर्णयलगत्तै पौडेलले एक पसलबाट चोरी गरेको भिडियो सार्वजनिक भयो । त्यसपछि एमालेले कृष्ण थापालाई उम्मेदवार बनाएको थियो । तर थापालाई हराउन गरिएको अडियो सार्वजनिक भएको थियो ।
पोखरा महानगरको मेयरमा एमालेका तर्फबाट उम्मेदवार बनेका थापा गठबन्धनका तर्फबाट उमेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यसँग ६ हजार ४५ मतान्तरले पराजित भएका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ