शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी हुन् प्रदेश १ मा १० मत नकटाउने ३७ जना प्रमुख र अध्यक्षका उम्मेदवार

५ जना वडाध्यक्षले आफ्नै मत पाएनन्, ३२ वडाध्यक्षलाई समर्थक र प्रस्तावकको पनि मत आएन
बुधबार, ११ जेठ २०७९, २२ : ४५
बुधबार, ११ जेठ २०७९

प्रदेश १ का ५ जना वडाध्यक्षले आफ्नै मत पनि आफूलाई नहालेको पाइएको छ । राजनीतिक पार्टीका नेताहरुले निर्वाचन आयोगको र विपक्षीको आँखा छल्न दर्ता गर्ने कतिपय ‘डमी’ उम्मेदवार र कतिपय स्वतन्त्र उम्मेदवारले आफ्नो मत पनि पाएनन् । आफ्नो मत पनि नपाउनेमा ५ जना वडाध्यक्षहरु छन् । जसमा स्वतन्त्र उम्मेदवारी दिएकी सुनसरी धरान १७ की फुलमाया शेर्पा, विवेकशीलकी मोरङ जहदा ७ की धनि मुर्मु, लोसपाबाट उम्मेदवारी दिएकी सुनसरीको दुहबी ११ की सुमिलाकुमारी चौधरी, धरान १९ की स्वतन्त्र उम्मेदवार नरु राई र राप्रपाबाट उम्मेदवारी दर्ता गराएकी खोटाङ लिक्तेल रुपाकोट मझुवागढी ८ की प्रेमकुमारी राई रहेकी छिन् । 

यस्तै आफ्नो मात्रै मत (१ मत) ल्याउने वडाध्यक्षहरुको संख्या ३२ जना रहेको छ । ती उम्मेदवारहरु अधिकांश महिला छन् भने ९ जना वडाध्यक्षले ५ मत पनि कटाएका छैनन् । निर्वाचन आयोगको वेभसाइटमा उल्लेख भएको तथ्याङ्कअनुसार प्रदेश १ का ३७ जना प्रमुख/अध्यक्षका उम्मेदवारले १० मत पनि कटाएका छैनन् । जसमध्ये ३२ जना स्वतन्त्र छन् । अन्य ५ जना विभिन्न साना पार्टीका उम्मेदवार छन् । १० जना प्रमुख÷अध्यक्षका उम्मेदवारले त आफ्नै मत पनि पाएका छैनन् । 

तेह्रथुम म्याङलुङ नगरपालिकाका प्रमुख पदमबहादुर दमाई (नेकपा मार्क्सवादी) ले ५ मत, तेह्रथुम लालीगुराँसका अध्यक्ष क्षितिज गुरुङ (मंगोल नेसनल अर्गनाइजेसन) ले ८ मत, खोटाङ हलेसी तुवाचुङका तुलसीकुमार राई (खम्बुवान राष्ट्रिय मोर्चा)ले शून्य मत, मोरङ सुनवर्षीका अर्जुनप्रसाद शर्मा (नेपाल लोकतान्त्रिक पार्टी)ले ७ मत र सुनसरी धरान प्रमुखमा उम्मेदवारी दिएका लोकेन्द्र बहादुर डंगोल (आमूल परिवर्तन पार्टी)ले ६ मत पाएका छन् । 

१ मत ल्याउने (वडाअध्यक्षहरू)
ताप्लेजुङ फुङलिङ ५ की विष्णुमाया राई (राप्रपा)
मोरङ विराटनगर १० की गीताकुमारी पोखरेल (स्वतन्त्र)
मोरङको मिक्लाजुङ ९ मा सुनिता थक्सु १ मत (जसपा)
झापाको गौरीगन्ज २ को गणेशबहादुर कार्की (स्वतन्त्र)
झापाको शिवसताक्षी ७ को दिलबहादुर लिम्बू (राष्ट्रिय जनमुक्ति पार्टी)
संखुवासभा धर्मदेवी ३ को डम्बर कुमार पौडेल (स्वतन्त्र)
धनकुटाको धनकुटा ८ को रेनप्रसाद राई (नेकपा एस)
धनकुटा सहिदभूमि २ को राजेन्द्र कार्की (राप्रपा)
मोरङ बुढीगंगा ४ मो.उखान मियाँ (स्वतन्त्र)
मोरङ बेलबारी ११ मंगलसिंह धिमाल (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च)
मोरङ रतुवामाई ७ को श्याम मुखिया (जनमत पार्टी)
मोरङ रतुवामाई ६ को चन्द्रकुमार कन्दङ्वा (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च)
मोरङ रतुवामाई २ शिवनारायण राजवंशी (नेकपा एस)
मोरङ लेटाङ ७ का मुचहाङ लिम्बू (राप्रपा)
मोरङ लेटाङ ४ का कृष्ण श्रेष्ठ (स्वतन्त्र)
मोरङ सुनवर्षी १ को कामिया यादव (नेपाल लोकतान्त्रिक पार्टी)
सुनसरीको इटहरी ३ लालबहादुर थापा (स्वतन्त्र)
सुनसरी इनरुवा ३ सन्तोषकुमार दाहाल (माले)
सुनसरी दुहबी ७ को सुरेशकुमार भगत (काँग्रेस विपी)
सुनसरी गढी १ को अलि हुसेन मिया (नेकपा माओवादी समाजवादी)
सुनसरी देवानगञ्ज ४ का अर्जुनप्रसाद मेहता (लोसपा)
सुनसरी धरान १६ कुलबहादुर मगर (स्वतन्त्र)
सोलुखुम्बुको लिखुपिके ४ कमलकिशोर कार्की (राप्रपा)
सोलुखुम्बु नेचासल्यान ५ निङ तेन्जिङ शेर्पा (माले)
सोलुखुम्बु माप्य दुधकोशी ६ केदार राई (स्वतन्त्र)
खोटाङ दिक्तेल रुपाकोट मझुवागढी १ हरिप्रसाद आचार्य (स्वतन्त्र)
खोटाङ जन्तेढुंगा ४ पूर्णबहादुर खत्री (राप्रपा)
खोटाङ खोटेहाङ ५ पदम केशर राई (स्वतन्त्र)
ओखलढुंगा चिसंखुगढी ८ का दिलिपजंग कार्की (स्वतन्त्र)
उदयपुर कटारी ११ इमरबहादुर खत्री (नेमकिपा)
ओखलढुंगा सिद्धिचरण ३ का पृथ्वीबहादुर बानियाँ (स्वतन्त्र)
उदयपुर रौतामाई ४ का डाकबहादुर मल्ल (राप्रपा)
२ देखि ५ मत ल्याउने वडाध्यक्षहरु
सुनसरीको दुहवी १० को अनिताकुमारी मोची (लोसपा) ४ मत
सुनसरीको कोशी २ फुलोदेवी साहु (लोसपा) ५ मत
मोरङको केराबारी १० को तुलसा लिम्बू (मंगोल नेशनल अर्गनाइजेसन) ३ मत
सुनसरी धरान १० को फुलमाया तामाङ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) २ मत
इलाम सूर्योदय ८ मनमाया राई  (मंगोल नेशनल अर्गनाइजेसन) ४ मत
झापा मेचीनगर १४ अमृता वि.क. (मंगोल नेशनल अर्गनाइजेसन) ३ मत
सुनसरीको धरान ३ दिलकुमारी राई (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) ४ मत
संखुवासभा खाँदबारी ४ अमृता राई (राप्रपा) ३ मत 
भोजपुर षडानन्द ४ को शर्मिला राई (जसपा) २ मत

१० मत भन्दा कम ल्याउने प्रमुख र अध्यक्षका उम्मेदवारहरू
सुनसरीको इटहरी प्रमुख झमकबहादुर कार्की (स्वतन्त्र) १ मत
सुनसरीको इनरुवा प्रमुख निकेश पोखरेल (स्वतन्त्र) १ मत
सुनसरीको इनरुवा प्रमुख भीष्म आचार्य (स्वतन्त्र) १ मत
सुनसरी रामधुनीको प्रमुख नोबेल चौधरी (स्वतन्त्र) १ मत
तेह्रथुम म्याङलुङ प्रमुख पदमबहादुर दमाई (नेकपा मार्क्सवादी) ५ मत
तेह्रथुम लालीगुराँस अध्यक्ष क्षितिज गुरुङ (मंगोल नेशनल अर्गनाइजेसन) ८ मत
संखुवासभा खाँदबारी प्रमुख सुदिप गुरुङ (स्वतन्त्र) ५ मत
मोरङ पथरीशनिश्चरे महेन्द्र कार्की (स्वतन्त्र) ० मत
मोरङ लेटाङको प्रमुख बुद्धिबहादुर श्रेष्ठ (स्वतन्त्र) ७ मत
सुनसरीको रामधुनी आशिष पौडेल (स्वतन्त्र) ४ मत
खोटाङ हलेसी तुवाचुङ तुलसीकुमार राई (खम्बुवान राष्ट्रिय मोर्चा) शून्य मत
झापा गौरादह सोमनाथ घिमिरे (स्वतन्त्र) ४ मत
मोरङ रंगेली अनिलकुमार सारडा (स्वतन्त्र) ४ मत
मोरङ सुनवर्षीको अर्जुनप्रसाद शर्मा (नेपाल लोकतान्त्रिक पार्टी) ७ मत
सुनसरीको रामधुनीको राजनकुमार गौतम (स्वतन्त्र) ३ मत
झापा गौरादह चन्द्रप्रसाद उप्रेती (स्वतन्त्र) ० मत
झापा शिवसताक्षी योगमणी अधिकारी (स्वतन्त्र) ४ मत
मोरङ सुन्दरहरैंचाको कमल अधिकारी (स्वतन्त्र) ३ मत
सुनसरी रामधुनीको रेवतराम गुरुङ (स्वतन्त्र) १ मत
मोरङ सुन्दरहरैंचा जीवन बस्नेत (स्वतन्त्र) ३ मत
झापा गौरादहको इन्द्रबहादुर विष्ट (स्वतन्त्र) ० मत
मोरङ सुन्दरहरैंचा टीकाराम गौतम (स्वतन्त्र) ० मत
सुनसरी रामधुनीको नेत्रदेव ढकाल (स्वतन्त्र) ० मत
सुनसरी इनरुवा भीष्म आचार्य (स्वतन्त्र) १ मत
झापा दमक नेत्रजंग थापा (स्वतन्त्र) ६ मत
सुनसरी रामधुनीको माधव कट्टेल (स्वतन्त्र) ० मत
सुनसरी रामधुनीको रविन लम्साल (स्वतन्त्र) ० मत
सुनसरी इटहरी झमकबहादुर कार्की (स्वतन्त्र) १ मत
झापा दमकको निलकण्ठ सापकोटा (स्वतन्त्र) ५ मत
झापा दमकको कृष्ण खनाल (स्वतन्त्र) ३ मत
सुनसरी इटहरीको खगेन्द्र पौडेल (स्वतन्त्र) ० मत
सुनसरी धरान लोकेन्द्रबहादुर डंगोल (आमूल परिवर्तन पार्टी) ६ मत
सुनसरी धरान सुवर्णशमशेर राई (स्वतन्त्र) ५ मत
सुनसरी धरान सूर्यबहादुर न्यौपाने (स्वतन्त्र) २ मत
सुनसरी धरान टोलकुमारी लुइँटेल (स्वतन्त्र) १ मत
सुनसरी धरान सञ्जय पाण्डे (स्वतन्त्र) ० मत
झापा गौरादह राधिका धमला (स्वतन्त्र) ७ मत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप