बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखमा बस दुर्घटना अपडेट : मृत्यु भएका चार जनाको पहिचान खुल्यो

३९ जना घाइते प्रदेश अस्पताल रिफर
बिहीबार, १२ जेठ २०७९, ०८ : २४
बिहीबार, १२ जेठ २०७९

बुधबार राति दैलेखको आठबीस नगरपालिका–२ को सिस्नेमा भएको यात्रुबाहक बस दुर्घटनामा परि मृत्यु भएका चार जनाको पहिचान खुलेको छ  । मृत्यु हुनेमा दैलेखको दुल्लू नगरपालिका–९ का  ३६ वर्षीय काँशिराम पाण्डे र ३२ वर्षीय प्रेम सुनार रहेका छन् । यस्तै दुई जना कालिकोटका रहेका छन् । कालिकोटको पलाँता गाउँपालिका–३ का अन्दाजी ४६ वर्षीय ज्ञानबहादुर बम र ५५ वर्षीया धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रहरी प्रमुख भुवनेश्वर प्रसाद साहले रातोपाटीलाई जानकारी दिए ।
 
उनका अनुसार सामान्य चोटपटकदेखि लिएर गम्भीर गरि ३९ जना घाइते भएको प्रहरीको इन्ट्री​मा छ । अरु पनि इन्ट्री गर्ने क्रम जारी छ । घाइतेहरू सबैलाई गएराति नै उद्धार गरेर  कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको साहले बताए । बसमा झण्डै ६२ जना जति रहेको प्रहरीको अनुमान छ  ।

मुगु, कालिकोट हुँदै नेपालगन्ज जाँदै गरेको म १ ख ६६० नम्बरको उक्त बस कर्णाली राजमार्गबाट झण्डै ४३ मिटर तल कर्णाली नदीको छेउमा खसेको थियो । साहका अनुसार बस चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन् । यद्यपि बस के कति कारणले दुर्घटना भएको हो । त्यसको एकिन कारण खुल्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप