
सिम्ता गाउँपालिकाका अध्यक्षको सम्पत्ति : बैंकमा ८ हजार ३६२ रुपैयाँ !

सुर्खेत जिल्लाको सिम्ता गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ऐन बहादुर चन्दले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । पदभार ग्रहण गर्दै गर्दा निष्ठाको राजनीति गर्ने भन्दै उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
सम्पत्तिको नाममा उनको साङ्ग्रिला बैंकमा ८ हजार ३ सय ६२ र १२५ सीसीको होन्डा साईन बाइक रहेको उल्लेख गरेका छन् । यस्तै बुबाको नाममा ४ कोठाको कच्ची घर रहेको पनि उनले विवरणमा उल्लेख गरेका छन् । सुर्खेतका स्थानीय तहमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने उनी पहिलो जनप्रतिनिधि हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ