
फ्रेन्च ओपन: नाडाल तेस्रो चरणमा

कोरेन्टिन मोउटेटलाई सोझो सेटमा हराउँदै राफेल नाडाल फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् । नाडालले कोरेन्टिनमाथि ६-३ ६-१ ६-४ को सहज जित निकाले । नाडालले तेस्रो चरणमा बोटी भान डे जान्स्लुपको सामना गर्नेछन् ।
यससँगै नाडालले ग्रान्ड स्लाममा आफ्नो जित संख्या तीन यस पूरा गरेका छन् । गत वर्ष नाडाल नोभाक जोकोभिचसँग निराश हुँदै फ्रेन्च ओपनको उपविजेतामा सीमित भएका थिए ।
नाडाल फ्रेन्च ओपनको उपाधिका साथ आफ्नो ग्रान्ड स्लाम उपाधिको संख्या २२ पुर्याउने लक्ष्यमा छन् । नाडाल अस्ट्रेलियन ओपनको उपाधिका साथ २१औं ग्रान्ड स्लाम उपाधि जित्ने पहिलो खेलाडी बनेका थिए ।
यस क्रममा उनले जोकोभिचसँगै रोजर फेडेररलाई समेत निराश पारेका थिए । जोकोभिच र फडेररको नाममा समान २० औं ग्रान्ड स्लाम उपाधि छ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ