शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तान एकैदिन चारवटा बम बिस्फोट, कम्तीमा १२ जनाको मृत्यु

बिहीबार, १२ जेठ २०७९, १० : ५५
बिहीबार, १२ जेठ २०७९

अफगानिस्तानमा बुधबार एउटा मिनीबस र एउटा मस्जिदमा भएका चारवटा बम विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सले प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै मजार-ए-शरीफ क्षेत्रमा एउटा मिनीबसमा भएका तीनवटा बम विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको जनाएको छ । यी विस्फोटमा अन्य १५ जना घाइते भएका छन् ।

यसपछि काबुलको एक मस्जिदभित्र बम विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार इस्लामिक स्टेटले मजार-ए-शरीफमा भएको विस्फोटको जिम्मेवारी लिएको छ ।

काबुलको आकस्मिक अस्पतालले मस्जिदमा भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको र २२ जना घाइते भएको जनाएको छ । रोयटर्सले अधिकारीहरूलाई उद्धृत गर्दै मस्जिद भित्र एउटा पंखामा बम राखिएको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप