बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हिन्दी सिनेमाकी पहिलो खलनायिका : वार्षिक ६ भन्दा बढी फिल्म गर्थिन्, सुटिङबाट फर्किँदा भएको दुर्घटनाले फेरियो जीवन

बिहीबार, १२ जेठ २०७९, ११ : २४
बिहीबार, १२ जेठ २०७९

 

हिन्दी सिनेमामा धेरै कलाकार आए र गए तर खलनायकको संख्या भने कम नै रह्यो । भारतमा फिल्म बन्न थालेपछि कोही पहिलो नायक बने, कोही निर्देशक बने तर राजलक्ष्मी देवी पहिलो खलनायिक बनिन् । उनले बंगाली र क्षेत्रीय भाषाका २०० भन्दा बढी चलचित्रमा काम गरेर अभिनयमा गहिरो छाप छोडेकी छिन् । फिल्ममा उनको क्यारेक्टरलाई घृणा गरिन्थ्यो तर प्रतिभा यस्तो थियो कि मानिसहरूको धेरै माया पनि पाइन् । सन् १९३२ मा बंगाली फिल्म पाल्ली समाजबाट सुरु भएको अभिनय करियर सन् १९७१ मा एउटा भयानक दुर्घटनासम्म जारी रह्यो । तर एक दुर्घटनापछि उनको करियर नै ठप्प भयो ।

आज राजलक्ष्मी देवीको ५० औँ पुण्यतिथिको अवसरमा उनको फिल्मी यात्रा कसरी सुरु भयो भन्ने बारे जानौं:

राजलक्ष्मी देवीको जन्म सन् १९०२ मा उत्तर प्रदेशको मेरठमा भएको थियो । कुरा यति पुरानो हो कि उनको जन्ममिति कसैलाई पनि याद छैन । कलकत्तामा हुर्किएपछि राजलक्ष्मीले कलकत्तालाई आफ्नो गृहनगर मानिन् । बाल्यकालदेखि नै उनलाई नृत्य र गायनको तालिम दिइएको थियो, त्यसपछि उनी व्यावसायिक रंगमञ्चमा लागिन् र अभिनय गर्न थालिन् ।

सन् १९३२ मा बंगाली फिल्मबाट करियर सुरु भयो

राजलक्ष्मीले धेरै नाटकमा भाग लिन थालिन् । एक दिन रवीन्द्रनाथ टैगोरको नाटक गृहप्रवेशमा प्रस्तुति दिँदै राजलक्ष्मीले अडिटोरियममा उपस्थित धेरै निर्देशकहरूलाई प्रभावित पारिन् । यहीँ शिशिरकुमार भादुरीले राजलक्ष्मीलाई आगामी फिल्म पल्ली समाज ९१९३२० मा काम दिएका थिए । फिल्ममा उनीसँगै विश्वनाथ भादुरी र योगेश चौधरी मुख्य भूमिकामा थिए । राजलक्ष्मी पहिलो फिल्मबाट नै स्टारडममा पुगेकी थिइन् र उनले २०० भन्दा बढी क्षेत्रीय फिल्महरूमा अभिनयको गहिरो छाप छोडिन् ।

खलनायकको भूमिकाबाट पहिचान पाइन्

सफलता पाएपछि राजलक्ष्मीले पुरन भगत, मन्त्रा शक्ति, भिखारिन, राजगी जस्ता उत्कृष्ट फिल्म गरिन् । राजलक्ष्मी केही फिल्मपछि नै नकारात्मक भूमिकामा देखिन थालेकी हुन् । उनले नायिका भन्दा खलनायिकाको भूमिका बढी पाउन थालिन् र चाँडै राजलक्ष्मी हिन्दी सिनेमाको पहिलो सबैभन्दा लोकप्रिय खलनायिका बनिन् ।

राजलक्ष्मी हरेक वर्ष ६ भन्दा बढी फिल्म दिने पहिलो अभिनेत्री थिइन्

सन् १९३९ सम्म, राजलक्ष्मी बंगाली सिनेमाकी एक सफल अभिनेत्री बनिन् । हरेक वर्ष उनका कम्तीमा ६ फिल्म रिलिज हुने गर्दथे । त्यतिबेला एउटा फिल्म बन्न वर्र्षौँ लाग्थ्यो तर राजलक्ष्मीले ब्याक टू ब्याक फिल्म गर्थिन् ।

सन् १९३२ मा बंगाली फिल्म पल्ली समाजबाट सुरु भएको राजलक्ष्मीको करियर सन् १९७१ सम्म जारी रह्यो तर कार दुर्घटनाले उनको जीवनले अर्को मोड लियो ।  चलचित्र जीवन जिज्ञासाको सुटिङबाट राति अबेर घर फर्कने क्रममा राजलक्ष्मी दुर्घटनामा परिन् । अस्पतालमा धेरै दिन जीवन र मृत्युको लडाइँ पश्चात् उनको स्वास्थ्यमा सुधार आएको थियो । उपचार सकिएपछि अभिनेत्रीलाई रक्तअल्पता भयो र उनको अवस्था निरन्तर बिग्रँदै गयो । दुर्घटनाको ठीक एक वर्षपछि २६ मे १९७२ मा राजलक्ष्मीको मृत्यु भयो ।

दुर्घटनापछि राजलक्ष्मीको फिल्म जीवन जिज्ञासा पूरा हुन सकेन तर यो दुर्घटनापछि उनका दुई फिल्म ‘पडीपिशिर बर्मी बक्सा’ र ‘माणिकजोरे’ सन् १९७२ मा रिलिज भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप