शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो जिनियस म्युजिक अवार्ड असारमा हुने

बिहीबार, १२ जेठ २०७९, ११ : ४३
बिहीबार, १२ जेठ २०७९

‘दोस्रो जिनियस म्युजिक अवार्ड’ घोषणा गरिएको छ । जिनियस म्युजिकले गीतसंगीतका श्रष्टालाई सम्मान गर्ने उद्देश्यले सुरु गरेको अवार्डलाई यो वर्षपनि निरन्तरता दिन लागेको हो ।
‘जिनियस म्युजिक अवार्ड–२०७९’ को आवेदन समेत खुला भएको छ । आयोजकले एक विज्ञप्तिमार्फत अवार्डका लागि आवेदन खुला भएको जनाएको हो । सहभागीताका लागि कम्पनीको आधिकारिक वेबसाइट मार्फत आवेदन फर्म  भर्न सकिने आयोजक जिनियस म्युजिकका प्रवन्ध निर्देशक रमेश पाठकले जानकारी दिए ।

अवार्डमा २०७७ साल वैशाख १ गतेदेखि २०७९ बैशाख मसान्तसम्म सार्वजनिक भएका नेपाली गीत–संगीतले सहभागीता जनाउन सक्नेछन् । 
असारको अन्तिम साता एक कार्यक्रम सहित आयोजना हुने अवार्डमा गायक, गायिका, शब्द, संगीत, मोडल लगायत विभिन्न ४१ विधामा अवार्ड वितरण गरिनेछ । कार्यक्रममा संगीतकर्मी तथा कला पत्रकारलाई समेत पुरस्कृत गरिने आयोजले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप