शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उदयपुरको त्रियुगा–१२ मा फेरि मतदान माग गरिएको रिटको पेसी न्यायाधीश भट्टराईको इजलासमा

बिहीबार, १२ जेठ २०७९, ११ : ४८
बिहीबार, १२ जेठ २०७९

प्रदेश १ को उदयपुरस्थित त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा फेरि मतदानको माग गर्दै दायर रिटको सुनुवाइ सर्वोच्च अदालतमा आज हुँदै छ ।

सुनुवाइका लागि रिटको पेसी न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको छ ।  रिट निवेदक त्रियुगा नगरपालिकाको निवर्तमान प्रमुख बलदेव चौधरी हुन् । 

निर्वाचन आयोग कान्तिपथ काठमाडौंलाई विपक्षी बनाउँदै दायर रिटमार्फत उनले जनप्रेमी आधारभूत मतदान केन्द्रमा फेरि मतदानको माग गरेका छन् । 

‘असहज र वर्षातको कारणले गर्दा ४ः३० बजे मतदान स्थगित गरिएको छ । पुनः मतदान यसै ठाउँमा प्रारम्भ हुनेछ’, निर्वाचन अधिकृतको कार्यालयले त्यस्तो व्यहोराको सूचना टाँसेर अन्ततः मतदान नगरेको चौधरीले बताए । 

‘मतदान गर्ने मतदाताको अधिकार हो । मतदाताले आफ्ना प्रतिनिधि चुन्ने र चुनिने अधिकार पाउनुपर्छ’, उनले न्युज कारखानासँग भने, ‘तर, मतदान आफैं स्थगित गरेर नगरिँदा थुप्रै मतदाता छुटे । त्यही भएर फेरि मतदानको माग मैले गरेको छु ।’

मतदान गर्न नपाएको भन्दै प्रदेश सांसद सुनिता चौधरीले पनि उच्च अदालत विराटनगरमा रिट दायर गरेकी छिन् । 

रिटको प्रारम्भिक सुनवाई गर्दै अदालतले विपक्षी निर्वाचन अधिकृतको कार्यालयको नाममा कारण देखाउ आदेश जारी गरेको छ । 

निवेदकको मागअनुसार अदालतले फेरि मतदान गर्न अन्तरिम आदेश भने जारी गरेन ।  अदालतको कारण देखाउ आदेशपछि बुधबारदेखि त्यहाँ मतगणना सुरु भएको छ । 

मतगणना सुरु हुनुपर्ने पक्षमा कांग्रेस र एमाले उभिएको थियो । फेरि, मतदानको पक्षमा भने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा)लगायत पार्टी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप