बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गठबन्धन सरकार नै जेरीजस्तो गुजुल्टिएको छ : केपी ओली

बिहीबार, १२ जेठ २०७९, ०८ : ०३
बिहीबार, १२ जेठ २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार तेलमा तारेको तर चास्नीमा नडुबाएको जेरी जस्तै भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सरकारलाई चास्नीमा नडुबाएको तेलमा मात्रै तारेको खल्लो जेरी जस्तो भएको टिप्पणी गरेका हुन् । ‘यो सरकार नै जेरीजस्तो गुजुल्टिएको छ ।

यसले ल्याएको नीति तथा कार्यक्रम पनि त्यस्तै छ । अर्थ ननिस्कने, के हो सुरु के हो अन्त्य ? गुजुल्टिएको छ, कहाँ अन्त्य हुन्छ थाहा छैन’, ओलीले भने, ‘कसको नीति हो ?’ उनले नीति तथा कार्यक्रमका बुँदा नम्बर ११०,१३१,१३२ लगायतको उदाहरण दिँदै ‘अर्थहिन नीति कार्यक्रमको संज्ञा दिए ।

उनले नीति तथा कार्यक्रमको मस्यौदाका केही बुँदाले भ्रष्टाचारलाई प्रश्रय दिने खालका भन्दै कतिपय बुँदा अर्थ न वर्थ गोविन्द गाई जस्तो भएको पनि बताए । उनले नीति तथा कार्यक्रमले देशमा स्थिरता हुन नदिने भन्दै अर्थतन्त्रप्रति गैरजिम्मेवार र अनुत्तरदायी रहेको टिप्पणी पनि गरे । ‘यो अस्थिरताकै घोषणापत्रका रुपमा आएको छ’ उनले सत्तापक्षले त्यसलाई असत्य सावित गर्न चुनाैती पनि दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप