शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डोरबहादुर बने विश्वकै होचो किशोर

बिहीबार, १२ जेठ २०७९, १२ : १४
बिहीबार, १२ जेठ २०७९

नेपालका डोरबहादुर खपाङ्गीले विश्वकै सबैभन्दा होचो किशोर (पुरुष) को विश्व रेकर्ड बनाएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई सो उपाधि दिएको हो । गिनिज बुकका अनुसार उनको जन्म सन् २००४ को १४ नोभेम्बरमा भएको थियो । उनी १७ वर्षका भएका छन् । उनको उचाइको मापन सन् २०२२ को मार्च २३ मा काठमाडौँमा गरिएको थियो ।

उनको उचाइ २ फिट ४.९ इन्च रहेको थियो । खपाङ्गीलाई नेपाल टुरिजम बोर्डका सीईओ धनञ्जय रेग्मीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । ‘मेरो भाइले गिनिज वर्ल्ड रेकर्डको सर्टिफिकेट पाएकोमा खुसी छु,’ उनका दाइ नरबहादुर खपाङ्गीले भने ।

आफ्नो परिवारको कान्छा छोरा रहेका डोरबहादुर सिन्धुलीका बासिन्दा हुन् । उनी हाल गाउँकै स्कूलमा पढिरहेका छन् । यसअघि यो उपाधि नेपालकै खगेन्द्र थापा मगरको नाममा थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप