बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा फेरि रिजाल विजयी

बिहीबार, १२ जेठ २०७९, १४ : ४०
बिहीबार, १२ जेठ २०७९

काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा पुनः मुकुन्द रिजाल विजयी भएका छन् । नेकपा एमालेका लक्ष्मी रत्न तुलाधरलाई पराजित गर्दै नेपाली काँग्रेसकारिजाल दोस्रो कार्यकालका लागि वडाध्यक्षमा विजयी भएका हुन् । 
रिजालले ४ हजार १९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी तुलाधरले ३ हजार ३१० मत पाए । दुई उम्मेदवारबीचको मतान्तर ७०९ रहेको छ।  

 यस्तै तेस्रो स्थानमा रहेका नेकपा एकीकृत समाजवादीका लक्ष्मण गमालले १ हजार ५८९ मत पाउँदा राप्रपाका बिन्दिका गुरुङलाई ५५७ मत प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । ९ जना उम्मेदवार रहेको वडा नम्बर १६ मा ३ जना उम्मेदवारले भने १०० मत पनि कटाउन सकेनन् । नेमकिपाका श्रीराम महर्जन ३२, स्वतन्त्र उम्मेदवार बसन्दराज भेटुवाल र रामशरण पौडेलले क्रमशः १९ र ६ मत पाएका हुन् । 

पाँचौँ स्थानमा रहेका शान्जे गुरुङ (स्वतन्त्त) ले ३२२ मत ल्याउँदा अर्का स्वतन्त्र उम्मेदवार अर्जुन थापा क्षेत्रीले ६१६ मत पाए । वडा नम्बर १६ को सदस्यमा भने एमालेका पुष्प महर्जन, हर्क बहादुर खाती, शारदा सुवेदी र दलित महिला सदस्यमा मनिता विश्वकर्मा विजयी भए । 

वडा नम्बर १६ को अध्यक्षमा यसअघि पनि रिजाल नै थिए भने उनी काठमाडौं काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापति समेत हुन् । विजय भएसँगै रिजालले अघिल्लो ५ वर्षे कार्यकालमा सम्पन्न गर्न नसकेका कामलाई निरन्तरता दिँदै अन्य केही नयाँ काम पनि गर्ने बताए।  उनले वडामा देखिएको खानेपानीको समस्या समाधानका लागि लागिपर्ने बताए । 

यस्तै वडालाई तारमुक्त सहरको रुपमा विकास गर्ने, ट्राफिक जाम हटाउन पहल गर्ने, साइकल लेन बनाउने, मालबाहक ट्रकलाई बेलुकामात्रै प्रवेशको व्यवस्था मिलाउने, स्थानीयलाई शिक्षा स्वास्थ्य र रोजगारको प्रत्याभूति गर्ने, घरबहाल कर घटाउने जस्ता कार्यलाई प्राथमिकता दिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप