शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इपीएलद्वारा क्यानविरुद्ध सर्वोच्चमा रिट दायर

बिहीबार, १२ जेठ २०७९, १४ : ५३
बिहीबार, १२ जेठ २०७९

फ्रेन्चाइजी लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट सञ्चालन गर्न नदिने नेपाल क्रिकेट संघ (क्यान) को निर्णयविरुद्ध इपीएलले सर्वोच्च अदालतमा रिट दायर गरेको छ  । क्यानको निर्णयविरुद्ध दायर रिटमा इपीएलले अन्तरिम आदेश माग गरेको हो । 

लामो समय नेपाली क्रिकेट नभएको समयमा क्रिकेट सञ्चालन गर्दा अहिले क्यानले आफ्नै लिग सञ्चालन गरेर आफूहरुलाई धोका दिएको इपीएलको दाबी छ ।  क्यानले नेपालमा एक मात्र घरेलु लिग सञ्चालन हुने भएकाले फ्रेन्चाइजी लिगहरुलाई मान्यता नदिने बताएको थियो । यसअघि सञ्चालन भइरहेको अन्य घरेलु लिगहरुलाई क्षेत्रीय लिगको रुपमा मान्यता दिने बताएको छ ।

‘क्यानको प्रेस विज्ञप्तिमा भएको सामग्रीलाई इपीएलले अस्वीकार गरिएको छ ।  इपीएल नेपालमा फ्रेन्चाइज टी–ट्वान्टी  क्रिकेट सबैभन्दा राम्रो लिग हो । नेपाली क्रिकेटको समग्र विकास र विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ । यो लिग बन्द गर्ने विषय हामीलाई मान्य छैन्,’ विज्ञप्तिमा लेखिएको छ ।

विज्ञप्तिमा भारतीय कम्पनीलाई क्यानले गैरकानुनी पाटोमा नीजि सम्झौता गरेको पनि इपीएलले आरोप लगाएको छ । साथै यो सम्झौता पारदर्शी नभएको पनि इपीएलको आरोप छ । ‘क्यानको यो निर्णयको, ईपीएल र सबै ६ फ्रेन्चाइजीहरु कानुनी पाटो खोज्ने निर्णय गरेका छन् । त्यसैले सर्वोच्च अदालतले मा क्यानको गलत निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न माग गर्दै रिट दायर गरिएको छ । न्यायपालिकाले हामीलाई उचित उपचार दिनेछ भन्ने विश्वास छ,’ ईपीएलको विज्ञप्तिमा लेखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप