
अक्तर भन्छन्–भारतीय कम्पनीले क्यान चलाउँदा हामी हेरेर बस्ने ?

एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेटका सीईओ आमिर अक्तरले एउटा भारतीय कम्पनी आएर नेपाली क्रिकेट हल्लाउँदा आफूहरु हरेर नबस्ने बताएका छन् । उनले नेपाल क्रिकेट संघ (क्यान)ले गैरकानुनी रुपमा भारतीय कम्पनीसँग सम्झौता गरेर नेपाली लगानिकर्तालाई पाखा लगाएको बताए ।
‘एउटा भारतीय कम्पनी आएर नेपाली क्रिकेट हल्लाउँछ । हामी यो हेरेर बस्न सक्दैनौं । नेपाली लगानीकर्तालाई क्यानले पाखा लगाउन खोज्यो,’ अक्तरले रातोपाटीसँगको कुराकानीमा भने ।
अक्तरले आफूहरु क्यानको गैरजिम्मेवारी कदमप्रति अदालतमा जान बाध्य भएको बताए । उनले नेपाली क्रिकेटलाई चलायमान बनाउन सहयोग गर्ने इपीएललाई नै क्यानले उचित व्यवस्थापन गर्न सहयोग नगर्दा यो अवस्था आएको बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ