शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेप्सेमा सामान्य सुधार, कारोबार रकम एक अर्बभन्दा कम

बिहीबार, १२ जेठ २०७९, १५ : ५८
बिहीबार, १२ जेठ २०७९

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । घटेर कारोबार सुरू भएपनि अन्तिम समयसम्ममा सुधार आउँदै ८.०३ अंकले बढ्दै परिसूचक २२ सय ३९ अंकमा पुगेर रोकिएको हो ।

यसक्रममा आज नेप्सेमा एक अर्ब रुपैयाँको पनि कारोबार भएन । आज ८ करोड ९ लाख रुपैयाँ बराबरको २३ लाख २४ हजार कित्ता सेयर किनबेच भएको छ । यसैगरी, आज कारोबारमा आएका १३ मध्ये ५ समूह घटेका छन् ।

होटल एण्ड टुरिजम, विकास बैंक, जलविद्युत, वित्त र अन्य समूहमा गिरावट आएको छ । यसबाहेक बैंक, व्यापार, निर्जीवन बीमा समूह, उत्पादनमूलक समूह, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहमा सुधार आएको छ ।

जीवन बीमा समूह सबैभन्दा धेरै ८९ अंकले बढ्दो उत्पादनमूलक समूहमा २७ अंकको वृद्धि देखिएको छ । यसैगरी, बैंक समूहमा १५ अंकको सुधार आएको नेप्सेले जानकारी दिएको छ । आज बजार सामान्य अंकले उकालो लाग्दा मेगा बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

१० प्रतिशतले बढेसँगै कम्पनीको सेयर मूल्य २२ रुपैयाँ बढ्दै प्रतिकित्ता २४७ रुपैयाँ पुगेको छ । यसबाहेक, नारायणी विकास बैंकको सेयर ६.२० प्रतिशतले बढ्दै प्रतिकित्ता ३७७ रुपैयाँ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप