बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

देवाही गोनाही नगरपालिकाका बासिन्दालाई २० युनिट विद्युतको महसुल निःशुल्क

बिहीबार, १२ जेठ २०७९, १६ : १३
बिहीबार, १२ जेठ २०७९

देवाही गोनाही नगरपालिकाका नवनिर्वाचित प्रमुख प्रेमलाल साह कानु र उपमेयर परनिया देवी पटेलले नगरवासीलाई मासिक २० युनिट विद्युत निःशुल्क गर्ने निर्णय गरेका छन् । पद बहालीलगत्तै उनीहरुले नगरवासीका लागि मासिक २० युनिटसम्म विद्युत महसुल निःशुल्क उपलब्ध गराउने निर्णय गरेका हुन् । नगरवासीको स्वास्थ्य उपचारमा विशेष सेवा पु¥याउने उद्देश्यले नगरपालिकाको लगानीमा अल्ट्रासाउन्ड मेसिन खरिद गरी स्वास्थ केन्द्रमा जडान गर्ने निर्णय पनि उनीहरुले गरेका छन् ।

जनताले आफूहरुलाई विश्वास गरेर पाँच वर्षका लागि चयन गरेको भन्दै यो अवधिमा आफूहरुले अब जनताको सुविधाका लागि ध्यान दिने बताएका छन् । नवनिर्वाचित प्रमुख साहले आफू भूमिहीन र निम्न वर्गको परिवारबाट राजनीतिमा आएको भन्दै आफूले पनि निम्न वर्गको जनतालाई सर्वोपरी ठानेर काम गर्ने बताए ।

दोस्रोपटक उपप्रमुखमा निर्वाचित हुन सफल परनिया देवी पटेलले महिला मुखी योजनाहरु ल्याउने तथा अघिल्लो कार्यकालमा अधुरो रहेका काम पूर्ण इमानदारीका साथ पूरा गर्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप