पूर्वअध्यक्ष थापाले एन्फा अध्यक्ष शेर्पामाथि कारवाहीको माग गर्दै राखेपमा बुझाए पत्र
अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारवाहीको माग गर्दै पूर्व अध्यक्ष गणेश थालले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा पत्र बुझाएका छन् ।
उनले वर्तमान अध्यक्ष शेर्पाले आफूविरुद्ध चरित्र हत्या गर्ने उद्देश्यले लगाएको विभिन्न आरोपहरू र भ्रमहरुलाई खण्डन गरी सत्य तथ्य विषयहरु जनमानसमा प्रस्तुत गर्ने उद्देश्यले वैशाख २८ मा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको पत्रमा उल्लेख गरेका छन् ।
थापाले पत्रमा लेखेका छन्, ‘शेर्पाविरुद्ध एन्फा विधानको धारा ८ तथा फिफा कोड अफ इथिक्सको आर्टिकल ५८ को बुँदा नं. ३ बमोजिम कारवाहीको माग गर्दै राष्ट्रिय खेलकुद परिषद, सदस्य–सचिव टंकलाल घिसिङलाई पत्र बुझाएको छु ।’
थापाले राष्ट्रिय खेलकुदको क्षेत्रमा विगत देखि वर्तमानसम्म निरन्तर योगदान गरी आएको र आफू निर्दोष व्यक्तिविरुद्धमा चरित्र हत्या गर्ने उद्देश्यले लगाइएका झुट्टा र काल्पनिक आरोपहरूको विषयमा गम्भिर रुपमा छानविन भई सत्य तथ्य व्यहोरा र वास्तविकताहरु आम खेलकुद प्रेमी तथा जनमानसमा समेत सार्वजनिक गर्नु पर्ने आवश्यकता रहेकोले यसमा राखेपले आफूलाई सहयोग गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा