फिल्ममा डेब्यु गर्दै गरिमा
म्युजिक भिडियोकी चर्चित मोडल गरिमा शर्मा फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । ‘लण्डन टु पेरिस’बाट उनले फिल्म डेब्यु गर्न लागेकी हुन् ।
एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्म अभिनयका लागि उनले हालै सम्झौता गरेकी छन् । फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् । निर्देशक लामिछानेले फिल्मको मुख्य भूमिकाको लागि गरिमा छनौट भएको जानकारी दिए । ‘फिल्मको कथाअनुसार गरिमा सुहाउने देखेर फाइनल गरेका छौ’ लामिछानेले भने ।
आधुनिक प्रेमकथामा निर्माण हुने यो फिल्ममा यसअघि नै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएकी छन् । निर्माण टिमले दिएको जानकारी अनुसार फिल्मका मुख्य अभिनेता छनौट बाँकी छ । फिल्मको पछिल्ला केही दिनयता कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप चलिरहेको छ ।
निर्देशक लामिछानेले यसअघि धौली, अग्निदहन, पञ्चेबाजाजस्ता फिल्म निर्देशन गरिसकेका छन् । फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्म असारदेखि फ्लोरमा जाने तयारीमा छ । अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको फिल्मका सह–निर्माता अजित सिंह हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी