बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

टेक्सास घटनाबाट राष्ट्रसंघका महासचिव स्तब्ध

बिहीबार, १२ जेठ २०७९, १७ : ५१
बिहीबार, १२ जेठ २०७९

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस अमेरिकी सहर टेक्सासमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताएका छन् । उनले भनेका छन्– ‘म त्यहाँको एक विद्यालयमा भएको गोलीकाण्डबाट स्तब्ध भएको छु ।’ उनका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गरेको विज्ञप्तिमा बताइएको छ ।

‘सो गोलीकाण्ड र त्यसमा पनि बालबालिका मारिएको दृश्यले मलाई निकै दुःखी बनाएको छ’ उनका प्रवक्ताद्वारा जारी गरिएको सो विज्ञप्तिमा बताइएको छ ।

अमेरिकाको टेक्सासको एक एलिमेन्टरी स्कुलमा मङ्गलबार भएको गोली काण्डमा परी १८ जना बालबालिकासहित २१ को ज्यान गएको थियो । यस घटनाको विश्वमा नै निन्दा गरिएको छ । अमेरिकी सहर टेक्सासमा मंगलबार दिउँसो भएको सो दुःखद घटनामा परी २१ को ज्यान गएको र अरु कैयौँ घाइते भएका थिए ।

टेक्सासको युभाल्डेस्थित रोब इलिमेन्टरी स्कूलमा एकजना १८ वर्षीय किशोरले गोली चलाउँदा ती विद्यार्थीको ज्यान गएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप