शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महन्थ ठाकुरको चेतावनी : सरकारी स्वेच्छाचारी रोकिएन भने फेरि आन्दोलन हुन्छ

बिहीबार, १२ जेठ २०७९, १७ : ५६
बिहीबार, १२ जेठ २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित भनेर नीति तथा कार्यक्रममा राखिएपनि त्यो ग्राउन्ड रियालिटीसँग अमिल्दो रहेको बताए । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै अध्यक्ष ठाकुरले निर्वाचनका क्रममा गोली चलेको, मानिस मरेको दुर्घटना भएको बताए । उनले महोत्तरीको मटिहानी नगरपालिकाको लोसपाको मेयरका उम्मेदवारमाथि हमला भएकै दावी गरे । उनले यो कुरा कसैलाई जनाकारी नभए प्रशासनलाई सोध्न आग्रह गरे ।

उनले चन्दा चौधरीमाथि हमला भएको भन्दै ८० ठाउमा निर्वाचन रोकिएकोमा कसरी भयरहित भन्न सकिने भनेर प्रश्न गरे । उनले त्यस्तो भएको अवस्था वैशाख २७ गतेबाटै सुरु भएको बताए । ‘धाक धम्की, विरोधी पक्षका उम्मेदवारहरूलाई फोन आइरहेको थियो । गठबन्धनलाई भोट दिएन भने ५ वर्ष पछि के–के हुन्छ भनेर धम्की आएको थियो’, ठाकुरले भने । 

उनले नागरिकतासम्बन्धी ऐन कानुन कुन सहमतिका आधारमा बनेको हो भन्दै रेशम चौधरीलगायतका कार्यकर्ता किन जेलमा छन् भनेर प्रश्न गरे । उनले गोली चलाउनेमाथि मुद्दा चलाइएन ? के उनीहरु भगवान हुन् ? उनीहरुले इनाम पाउने भन्दै प्रश्न गरे ।
उनले शान्तिपूर्ण आन्दोलनमा उत्रेको भन्दै मुखले भन्दा नसुन्ने तर गोली चलाउने अधिकार हुने भन्दै सरकारमाथि प्रश्न गरे ।  ‘एउटा मान्छेको जीवनमा १०, २० वर्षको समय लामो समय हुनसक्छ, तर इतिहासमा १०,२० वर्ष या कुनै देशको त्यो समय ठुलो समय हुँदैन’, ठाकुरले चेतावनी दिँदै भने, ‘यदि यस्तै उपेक्षा गर्नुभयो, यस्तै भेदभाव रहन्छ भने फेरि फेरि आन्दोलन हुन्छ ।’

उनले घरमा खाना पकाइरहेको महिलालाई गोली चलाएर अत्याचार गरेको भन्दै सरकार स्वेच्छाचारी भएको बताए । आफुहरुले सामाजिक प्रश्न उठाउँदा साम्प्रदायिक हुने, राजनीतिक कुरा उठाउँदा विखण्डनकारी हुने भन्दै सत्ताधारी दलले के–के गरेका छन् भन्ने आफुलाई राम्ररी थाहा रहेको बताए । ‘अत्याचार जानीजानी भइरहेको छ, मधेसमा भइरहेको छ, थारुहटमा भइरहेको छ । मार्नेमाथि किन कारवाही भएन ? उसलाई जेलमा राख्ने ?’ परिवर्तन दुनियाँमा स्थायी नहुने भन्दै त्यस्तो अत्याचार रोक्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप