शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दलभन्दा माथि उठेर काम गर्न जनकपुरका जनप्रतिनिधिलाई निधिको निर्देशन

बिहीबार, १२ जेठ २०७९, १८ : १३
बिहीबार, १२ जेठ २०७९

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरधामको विकासका लागि दलभन्दा माथि उठेर काम गर्न नवनिर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् । बिहीबार जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको सपथग्रहण कार्यक्रममा बोल्दै नेता निधिले जनकपुरको विकासका लागि दलभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका हुन् ।

उनले जनकपुरधाममा  रिङ रोड निर्माणको योजना कार्यान्वयन गर्न मेयर मनोजकुमार साहको ध्यानाकर्षण गराए । उनले मेयर साहलाई काँग्रेसमै फर्किन आग्रह गरे । सपथ ग्रहण कार्यक्रमलाई नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप