शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रानीवनलाई हराउँदै आरसी ३२ दोस्रो स्थानमा उक्लियो

बिहीबार, १२ जेठ २०७९, १८ : ५१
बिहीबार, १२ जेठ २०७९

रानीवन स्पोर्ट्स एकेडेमीलाई २-१ अन्तरले हराउँदै आरसी ३२ फुटबल एकेडेमी सहिद स्मारक ‘सी’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । 

बिहीबार एन्फा कप्लेक्स सातदोबाटोमा आरसी ३२ को जितमा बबिन बोहरा र विवेक सन्तोषीले एक एक गोल गरे । रानीवनका किशन कठायतले सान्त्वाना गोल गरे । 

जितसँगै आरसी ३२  एघार खेलबाट २५ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । पराजित रानीवनले ११ खेलमा ११ अंक जोडेर १०औं स्थानमा छ । 

पहिलो पटक सी डिभिजन लिग खेलिरहेको आरसी ३२ दोस्रो डिभिजन लिग उक्लने संघारमा छ । समान २५ अंक भएको झापा एक खेल कम खेल्दै शीर्षस्थानमा छ । 

जारी लिगको तीन चरणको खेल बाँकी छ । शीर्ष दुई क्लब बी डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई टिमको तेस्रो डिभिजन लिग हैसियत गुमाउने छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप