शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बिहीबार, १२ जेठ २०७९, १८ : ५७
बिहीबार, १२ जेठ २०७९

आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ परेका छन् । ७० वर्षीया मनमाया दनुवारको हत्या गरेको आरोपमा उदयपुरको कटारी नगरपालिका–७ रिस्कु बस्ने २६ वर्षीय रोहित दनुवारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

जग्गा अंश बण्डाको विषयमा विवाद हुँदा आवेगमा रोहितले खुकुरी प्रहार गर्दा मनमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्याको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले रोहितलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप