शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पेट्रोलियमको मूल्यवृद्धि गरेकाे भन्दै प्रधानमन्त्रीको पुतला दहन

बिहीबार, १२ जेठ २०७९, १९ : २७
बिहीबार, १२ जेठ २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका भ्रातृ संगठन लोकतान्त्रिक यूवा संघ र लोकतान्त्रिक विद्यार्थी संघ धनुषाले संयुक्तरुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेका छन् । बिहिबार जनकपुरधामको भानु चोकमा पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको भन्दै यूवा विद्यार्थीहरुले पुतला दहन गरेका हुन् ।

पाँच दलीय गठबन्धन नेतृत्वको सरकारले साता दिन नबित्दै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै सरकारविरुद्ध नाराबाजी गर्दै पुतला दहन गरेका छन् । लोकतान्त्रिक यूवा संघ धनुषाका अध्यक्ष प्रशान्त झाले पटक पटक सरकारले चर्को मूल्यवृद्धि गरेकाले सो मूल्यवृद्धि फिर्ता लिन भन्दै प्रधानमन्त्री देउवाको पुतला दहन गरेको बताएका छन् । उनले पटक पटक गरेको मूल्यवृद्धि फिर्ता नलिइएमा सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप