
बाजुराका सीडीओलाई कारबाही गर्न आयोगको निर्देशन, बुढीगंगाको सम्पूर्ण मतदान रद्द

निर्वाचन आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
वैशाख ३० गते भएको मतदान कार्यमा सीडीओ उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चर्तुभुज ओझा तथा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक दिपक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरवाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने आयोगको ठहर छ । आयोगले बुढीगंगा नगरपालिकाको सम्पूर्ण मतदान रद्द गर्दै छिटै नयाँ समिति तोकिने जनाएको छ ।
बिहीबार बसेको आयोगको बैठकले सीडीओ सहितका प्रहरी अधिकारीलाई तीन दिनभित्र हटाएर सो पदमा अन्य जिम्मेवार कर्मचारीलाई खटाई स्थानीय तह निर्वाचनको प्रक्रिया अघि बढाउन उपयुक्त वातावरण तयार गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनीहरुलाई सेवा शर्त सम्बन्धी प्रचलित कानुन बमोजिम विभागीय कारबाही गरी तीन महिनाभित्र आयोगलाई जानकारी गराउन पनि निर्वाचन आयोग गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय पनि भएको छ ।
अब नगरपालिकाको यथाशीघ्र मतदान गर्ने मिति र समय सम्बन्धित निर्वाचन अधिकृत तोक्नेछन् । बुढीगंगामा धाँधली भएको भन्दै मतगणना हुन सकेको थिएन।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ