शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शान्ति सम्झौताका लागि रुसलाई कदापी जमिन दिँदैनौँ : जेलेन्स्की

बिहीबार, १२ जेठ २०७९, २१ : १४
बिहीबार, १२ जेठ २०७९

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौतामा पुग्न रुसलाई केही भू–भाग दिनुपर्ने भन्ने सल्लाहप्रति आक्रोशपूर्ण जवाफ दिएका छन् । जेलेन्स्कीले यस्तो कदमलाई नाजी जर्मनीलाई खुसी बनाउने कदमसँग तुलना गरे । 

जेलेन्स्कीले देशलाई नियमित गर्ने रात्रीकालिन भिडियो सन्देशमा भने, ‘रुसलाई भूमि दिने सल्लाह दिने ‘महान भूराजनीतिज्ञ’ले के बिर्सिन्छन् भने शान्ति स्थापनाको भ्रममा रुसलाई दिने सुझाइएका जमिनमा लाखौं मानिस बसोबास गर्छन् ।’

यो साता ड्याभोसमा ‘वर्ल्ड इकोनोमिक फोरम’ ले आयोजना गरेको सम्मेलनमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरले युक्रेनले रुसलाई क्रिमिया छाडिदिनुपर्ने बताएका थिए ।  ‘रुसले जे गरे पनि कोही न कोही मानिस उसका चाखलाई गम्भीरताका साथ लिनुपर्ने बताउँछन्,’ जेलेन्स्कीले भने, ‘ड्याभोसमा किसिन्जरले युक्रेनको भूमि रुसलाई दिएर रुसलाई युरोपबाट टाढिन नदिन सुझाव दिए । किसिन्जरसँग अहिले सन् २०२२ को साटो सन् १९३८ को पात्रो छ जस्तो छ । र उनी आफू ड्याभोसमा नभएर त्यस वर्षको म्युनिखका श्रोतालाई सम्बोधन गरेको सम्झिरहे जस्तो छ ।’

सन् १९३८ मा ब्रिटेन, फ्रान्स, इटाली र जर्मनीबीच म्युनिख सम्झौतामा हस्ताक्षर भएको थियो । सो सम्झौताले हिटलरको थप विस्तारवादी अभियानलाई रोक्न भन्दै तत्कालिन चेकोस्भालाकियाको भूमि दिएको थियो ।

 ‘केही पश्चिमी मिडिया सम्पादकीय लेखेर युक्रेनलाई शान्तिको बदला तथाकथित कठिन सम्झौता स्वीकार्न भनिरहेका छन् । सम्भवतः द न्युयोर्क टाइम्सले सन् १९३८ मा पनि यस्तै लेखेको थियो होला । म के स्मरण गराउन चाहन्छु भने हामी अहिले २०२२ मा छौं’ जेलेन्स्कीले भने । 

मे १९ मा द न्युयोर्क टाइम्सको सम्पादकीय बोर्डले लेखेको सम्पादकीयमा भनेको थियोः ‘किएभको सैन्य विजय यथार्थपरक नरहेको अवस्थामा वार्तामा मार्फत शान्ति ल्याउनका लागि किएभले कठिन निर्णय गर्नुपर्ने हुनसक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप