ad
x

जीतपुरसिमराका मेयर कर्मचारीसहित काठमाडौंमा, पालिकाको काम प्रभावित

person explore access_timeजेठ १२, २०७९ chat_bubble_outline0

बाराको​ जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राजन पौडेलले कार्यभार सम्हालेको भोलिपल्टै कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलसहित कर्मचारीहरुलाई लिएर काठमाडौं लागेपछि कार्यालयको काम प्रभावित भएको छ ।


मेयर पौडेलले काठमाडौंमा माओवादी पार्टीका नेता र मन्त्रीहरुलाई भेटन भन्दै प्रमुख प्रशासकीय अधिकृत पोखरेलसहित प्रशासन प्रमुख बालाराम खड्कालाई लिएर काठमाडौं गएपछि कार्यालयको सेवा प्रभावित बनेको हो । जिल्ला प्रशासन कार्यालय बाराले नव निर्वाचित वडा अध्यक्षहरूको हस्ताक्षरको नमुना पठाउन भनेर नगरपालिका कार्यालय पुगेका वडा नम्बर २३ का वडा अध्यक्ष मुस्तकिम अन्सारी कार्यालयमा कर्मचारीहरू नभेटेपछि निराश हुँदै फर्कन बाध्य भएका छन् । 



हस्ताक्षरको नमुना नगरपालिका मार्फत सिडियो कार्यालयमा पठाएपछि मात्रै नवनिर्वाचित वडा अध्यक्षहरूले कार्यालयको कागजपत्रमा हस्ताक्षर गर्न पाउने भएकोले वडा सचिवसहित नगरपालिका गएको तर कर्मचारी नभेटेपछि हस्ताक्षर प्रमाणिकरणको काम गर्न नपाएर जनताको सिफारिसमा असहज भएको उनले बताए । जनताको कामलाई बेवास्ता गर्दै मेयर पौडेल आफ्नो पार्टीका नेता भेट्न कर्मचारी नै लिएर गएपछि वडा अध्यक्षहरूले मेयरले जनताको कामलाई भन्दा पार्टी र व्यक्तिगत कामलाई प्राथमिकता दिएको भन्दै आलोचना गरेका छन् । 
 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।