
युरोपमा मङ्कीपक्सका सङ्क्रमितको सङ्ख्या बृद्धि, विषेश सतर्कता अपनाउन आह्वान
युरोपेली मुलुकहरुमा पछिल्लो समय मङ्कीपक्सबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या बढ्दै गएको छ । युरोपेली स्वास्थ्य अधिकारीहरुले मङ्कीपक्स फैलिएका मुलुकहरुमा उच्च सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।
सङ्क्रमण थप फैलिन नदिन र फैलिएकाहरूलाई पनि नियन्त्रण गर्न विभिन्न उपाय अपनाउनुपर्नेमा उनीहरुको जोड छ । यो रोग नयाँ भने नभएको र अहिले भइरहेकै खोपहरूले पनि काम गर्ने भएकाले त्यसको प्रयोग बढाउन पनि अधिकारीको सुझाव छ ।
मङ्कीपक्सका कारण मृत्यु नै हुने नभएपनि शरिरमा बिमिरा तथा फोका आउने, घाउ हुनेलगायतका स्वास्थ्य समस्या हुने गरेको चिकित्सकहरूले बताएका छन् । अफ्रिकाका कतिपय ठाँउमा मङ्कीपक्स पहिला पनि देखिने गरेको र अहिले फैलिने क्रम बढेकाले विश्वभरी त्रास सिर्जना गरेको युरोपेली स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।
अहिले युरोपेली मुलुकहरू बेलायतलगायतका देशमा मङ्कीपक्सबाट सङ्क्रमितको सङ्ख्या बढेको छ । अहिलेसम्म बेलायतमा ७१ मा सङ्क्रमण भएको पुष्टि गरिएको छ भने स्पेनमा ५५ जनालाई मङ्कीपक्सको सङ्क्रमण देखिएको छ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ