बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

द भ्वाइस अफ नेपाल सिजन–४ को टाइटल स्पोन्सरमा बजाज पल्सर अनुबन्ध

बिहीबार, १२ जेठ २०७९, २२ : ५२
बिहीबार, १२ जेठ २०७९

 नेपालको नम्बर एक गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को टाइटल स्पोन्सरमा अग्रणी दुई पाङ्ग्रे सवारी ब्राण्ड ‘बजाज पल्सर’ अनुबन्ध भएको छ । 
बिहीबार काठमाण्डौमा आयोजित कार्यक्रममा बजाज पल्सरका तर्फबाट गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छा र भ्वाइस अफ नेपालका तर्फबाट हिमालय टेलिभिजनका तर्फबाट अध्यक्ष धर्मराज भुसाल एवं कार्यकारी निर्देशक श्याम कँडेलबीच टाइटल स्पोन्सरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । 

टाइटल स्पोन्सरका रुपमा अनुबन्ध भएसँगै द भ्वाइस अफ नेपालको यो श्रृङ्खलालाई ‘बजाज पल्सर प्रिजेन्ट्स द भ्वाइस अफ नेपाल सिजन ४’ का रुपमा उल्लेख गरिनेछ । नेपालको युवापुस्तामा अति नै लोकप्रिय भ्वाइस अफ नेपालको टाइटल स्पोन्सरमा अनुवन्ध हुन पाउनु पल्सरका लागि गौरवको बिषय भएको गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले बताए । पल्सर पनि युवापुस्ताको ब्राण्ड भएकाले भ्वाइस र पल्सर बीचको सहकार्य अर्थपूर्ण रहेको उनले बताए ।

कार्यक्रममा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले बजाज पल्सरलाई टाइटल स्पोन्सरका रुपमा पाउनु भ्वाइस अफ नेपाल र हिमालय टेलिभिजनका लागि महत्वपूर्ण रहेको बताए । नेपाली गीतसंगीत क्षेत्रको प्रबर्द्धन एवं नयाँ प्रतिभाहरुको खोजीमा दुईवटा ब्रान्डको सहकार्यले दीर्घकालीन अर्थ राख्ने उनले बताए ।

हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको द भ्वाइस अफ नेपाल देशकै सवैभन्दा धेरै दर्शक भएको रियालिटी शो हो । चौथो सिजनका लागि डिजिटल अडिँन सुरु भइसकेको छ जहाँ अहिलेसम्म हजारौं प्रतिभाहरूले द भ्वाइस अफ नेपाल सिजन–४ को उपाधि जित्ने आकांक्षासहित आवेदन दिइसकेका छन् । अबको दुई साताभित्र डिजिटल अडिसन बन्द भई कार्यक्रम उत्पादनको तयारी तिब्र पारिने टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप