बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

म्यारोडोनाको सम्झनामा विमान सार्वजनिक

शुक्रबार, १३ जेठ २०७९, ०८ : ४७
शुक्रबार, १३ जेठ २०७९

अर्जेन्टिनाका सर्वकालिन महान खेलाडी डिएगो म्याराडोनाको स्मृतिमा एक विमान अनावरण गरिएको छ । यसै वर्ष कतारमा हुने विश्वकपअघि अर्जेन्टिनाको एक कम्पनीले म्याराडोनाको सम्झनामा हवाइजहाज सार्वजनिक गरेको हो ।

ट्यांगो डी१०एस १२ सिटे जहाजलाई अर्जेन्टाइन फिनटेक कम्पनीले पूर्व विश्वकप विजेता म्याराडोनाको स्मृतिमा विमान संग्रहालय बनाएको हो । सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका म्याराडोनाको सन् २०२० को नोभेम्बरमा ह्रदयघातका कारण निधन भएको थियो ।

ट्यांगो डी१०एसमा म्याराडोनाको संग्राहलय बनाइएको छ । जसमा म्याराडोनसँग सम्बन्धित वस्तुहरु राखिएको छ । विमानको बाहिरी आवरणमा म्याराडोनाले विश्वकपको उपाधि चुमिरहेको तस्विर राखिएको छ । विमानको पछाडीको भागमा पनि म्याराडोनाको अनुहार छ ।

यस्तै, विमानको दुई पंखामा म्याराडोनाले सन् १९८६ को विश्वकपको क्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध गरेका दुई गोल ‘ह्यान्ड अफ गड’ र ‘गोल अफ दी सेन्चुरी’ गर्दाको तस्विर राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप