
बालेनलाई बधाई दिँदै सिंहले भनिन् - मत जित्न सकिनँ, नगरवासीको मन जितें

नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरकी प्रत्यासी सिर्जना सिंहले मत जित्न नसके पनि नगरबासीको मन जितेको बताएकी छिन् । काठमाडौंको मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन) लाई बधाई दिँदै सिंहले यस्तो बताएकी हुन् ।
‘विजयी हुने गरी निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें,’ उनले भनिन् । लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापुर्वक स्वीकार गर्ने र निर्वाचित मेयरलाई रचनात्मक साथ र सहयोग गर्ने सिंहले प्रतिबद्धता व्यक्त गरिन्।
उनले भनिन्, 'काठमाडौ महानगर प्रमुखमा निर्वाचित श्री बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु । साथै उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबै आदरणीय व्यक्तित्वमा बधाई ज्ञापन गर्दै महानगरवासीहरुको भावना बमोजिम कार्य गर्न पुर्ण कार्यकाल भरी मेरो रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु।'
सिंहले निर्वाचनमा अहोरात्र सबैलाई धन्यवाद पनि दिएकी छिन् । सिंहले काठमाडौं महानगरवासी र सिंगो देशको सेवामा अनवरत उत्साहपुर्वम लागिरहने पनि बताइन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ