शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालेनलाई बधाई दिँदै सिंहले भनिन् - मत जित्न सकिनँ, नगरवासीको मन जितें

शुक्रबार, १३ जेठ २०७९, ०८ : ४९
शुक्रबार, १३ जेठ २०७९

नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरकी प्रत्यासी सिर्जना सिंहले मत जित्न नसके पनि नगरबासीको मन जितेको बताएकी छिन् । काठमाडौंको मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन) लाई बधाई दिँदै सिंहले  यस्तो बताएकी हुन् ।

‘विजयी हुने गरी निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें,’ उनले भनिन् ।  लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापुर्वक स्वीकार गर्ने र निर्वाचित मेयरलाई रचनात्मक साथ र सहयोग गर्ने सिंहले प्रतिबद्धता व्यक्त गरिन्। 

उनले भनिन्, 'काठमाडौ महानगर प्रमुखमा निर्वाचित श्री बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै  सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु । साथै उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबै आदरणीय व्यक्तित्वमा बधाई ज्ञापन गर्दै महानगरवासीहरुको भावना बमोजिम कार्य गर्न पुर्ण कार्यकाल भरी मेरो रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु।'

सिंहले निर्वाचनमा अहोरात्र सबैलाई धन्यवाद पनि दिएकी छिन् । सिंहले काठमाडौं महानगरवासी र सिंगो देशको सेवामा अनवरत उत्साहपुर्वम लागिरहने पनि बताइन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप