ad
x

लमजुङ जिसस चुनावमा काँग्रेस-माओवादी मिले पनि एमालेको एकल बहुमत

person explore access_timeजेठ १३, २०७९ chat_bubble_outline0

लमजुङमा स्थानीय तह निर्वाचन मतपरिणाम अनुसार जिल्ला समन्वय समितिमा नेकपा एमालेको एकल बहुमत देखिएको छ । आठ स्थानीय तहको परिणामअनुसार एमालेको प्रमुख र उपप्रमुखको संख्या बढी छ । 


एमालेबाट बेसीशहर, मर्स्याङदी र क्होलासोँथारमा पालिका प्रमुख र उपप्रमुख दुवैमा जित हासिल गरी जिससका लागि ६ मत पक्का गरेको छ भने दोर्दीमा अध्यक्ष, सुन्दरवजार र मध्यनेपालमा उपप्रमुख पदमा जित हासिल गरी थप तीन मत रहेको छ ।



नेपाली कांग्रेसले राईनास, सुन्दरबजार, मध्यनेपाल र दुधपोखरी गरी जिल्लाका चार स्थानीय तहमा पालिका प्रमुखमा जित हासिल गरी चार मत पक्का गरेको छ भने दोर्दीमा उपाध्यक्ष पदमा जितेर थप एक मत पक्का गरेको छ ।  नेकपा माओवादी केन्द्रको तर्फबाट राईनास र दुधपोखरीमा पालिका उपप्रमुख पदमा जित हासिल गरी जिसस निर्वाचनका लागि दुई मत बनाएको छ ।



जिल्ला समन्वय समितिको निर्वाचन प्रावधान अनुसार लमजुङमा १६ मत भार रहेको छ । निर्वाचन कार्यविधि अनुसार आठ स्थानीय तहका प्रमुख र उपप्रमुख जिल्ला समन्वय समिति निर्वाचनको मतदाता हुनेछन् । जिल्ला समन्वय समितिका लागि १६ मतमध्ये नौ मत नेकपा एमालेको रहेको छ भने कांग्रेसको पाँच मत र नेकपा माओवादीको दुई मत छ ।  



कांग्रेस माओवादीबीच तालमेल भएमा पनि जिल्ला समन्वय समितिमा एमाले नै बलियो हुनेछ । जिल्ला समन्वय समितिका निर्वाचनका लागि सम्भावना बढेसँगै एमालेबाट आकांक्षि बढ्न थालेका छन् ।



स्थानीय तहको कुनै एक पदमा निर्वाचित व्यक्तिले मात्रै जिसस निर्वाचनमा उम्मेदार बन्न पाउने प्रावधान छ ।  



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।