बालेनको जितको उल्लास, तस्बिरमा हेर्नुहोस्
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जितसँगै समर्थकले खुसीयाली बनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान नवनिर्वाचित मेयर र उपमेयरलाई औपचारिक रुपमा विजयी घोषणा गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिएको थियो ।
सो क्रममा साहले आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने बताए ।
‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं। निर्वाचनको परिणाम जुन आएको छ। यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरुवात हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ।’
उनले काठमाडौं महानगरलाई नै एउटा परिवारको रूपमा लिएको बताए । ‘काठमाडौं महानगर परिवारको रूपमा रहेको छ। सधै परिवार नै थियो र परिवारनै रहनेछ’, उनले भने । त्यसपछि समर्थकहरुले बालेनसहितको विजय तथा धन्यवाद जुलुस निकालेका थिए ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
