शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मूल्यवृद्धि विरुद्ध जनमत र सुशासन पार्टीका कार्यकर्ताद्वारा प्रदर्शन

शुक्रबार, १३ जेठ २०७९, १० : ०२
शुक्रबार, १३ जेठ २०७९

सरकारले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा गरेको  मूल्यवृद्धि विरुद्ध रौतहटको कटहरिया बजारमा प्रदर्शन भएको छ । मूल्यवृद्धि फिर्ताको माग सहित सिके राउत नेतृत्वको जनमत पार्टी र पूर्व डीआईजी रमेश खरेल नेतृत्वको सुशासन पार्टीका कार्यकर्ताहरूले कटहरियामा प्रदर्शन गरेका हुन् ।

हात हातमा प्लेकार्ड बोकेका कार्यकर्ताले सरकार विरुद्ध चर्का नारा लगाएका थिए । प्रदर्शन कटहरिया ५ को कार्यालय अगाडिबाट सुरुमै बजार परिक्रमा गर्दै नगरपालिकाको कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा गठबन्धन सरकारको प्रधानमन्त्री शेरबहादुर  देउवाको राजीनामा माग गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप