शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शीर्ष २० बैंकहरूको सूचीमा नबिल बैंक

शुक्रबार, १३ जेठ २०७९, १० : २६
शुक्रबार, १३ जेठ २०७९

नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत आईजी ग्लोबल  पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूका एस्क्युसिभ लिग तालिकामा सुचीकृत भएको छ । बैंकले एक विज्ञप्तिमार्फत यसबारे जानकारी दिएको छ । बैठकले भनेको छ, ‘आईजे ग्लोबल युरोमनी संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो, र विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ। आईजे ग्लोबल  तथ्यांकले ३२,००० भन्दा बढी कारोबारहरू, २६,००० परियोजनाहरू र २,१०० कोषहरू समावेश गर्दछ जुन शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८०%, शीर्ष कानून फर्महरूको ९०%, र शीर्ष वित्तीय सल्लाहाकारको ८५% को बजार कभरेजको साथ दैनिक आधारमा अद्यावधिक गरिन्छ।’

यो मान्यताले नबिल बैंकको कर्जा प्रशोधन प्रक्रिया, पूर्वाधार लगानीमा विशेषज्ञता र विशेष गरी ऊर्जा क्षेत्रमा कर्जा लगानीमा गरेका परियोजनाहरु प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख छ ।  वरीयता लिग तालिकामा नबिल बैंक १४ औ स्थानमा छ,  जुन जी–एसआईबी शीर्ष २० मा पर्न सफल भएको बैंकले जनाएको छ । लिग तालिकामा नबिल बैंकको सूचीकरणले बैंकको बजार प्रोफाइल बढाउनुको साथै अन्तर्राष्ट्रिय बजारमा बैंकको साख स्थापित गर्ने अपेक्षा गरिएका विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप