सोमबार, १० असार २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : देशभर ‘कबड्डी–४’

शुक्रबार, १३ जेठ २०७९, १२ : ३१
शुक्रबार, १३ जेठ २०७९

शुक्रबारदेखि फिल्म ‘कबड्डी–४ : द फाइनल म्याच’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । फिल्मले मल्टिप्लेक्स र सिंगल थिएटरमा समेत राम्रो शो पाएको छ ।
प्रदर्शनको अघिल्लो दिन बिहीवार फिल्मको कमलपोखरी स्थित बिग मुभिजमा प्रिमियर गरिएको थियो ।

प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो । कतिपयले फिल्मलाई राम्रो बताउदा, कतिपयले कबड्डी सिक्वेलको कमजोर फिल्मको रुपमा चर्चा गरे । कतिले फिल्मको कथा सामान्य भएपछि सम्वाद दमदार भएको धारणा राखेका थिए । प्रिमियरमा फिल्मकर्मी, राजनीतिज्ञ र रंग पत्रकारको उपस्थिती थियो । अघिल्ला तीन सिरिजमा केटी भागेर बिहे गर्न नपाएका वीरकाजी (दयाहाङ राई) को विहेको गोलचक्करमै फिल्म घुमेको छ ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरेलगायतको अभिनय छ । फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । ‘कबड्डी -४’लाई ‘कबड्डी’को अन्तिम सिरिज भनिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप