पत्रपत्रिका
हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीको यातना
आइतबार, १५ जेठ २०७९, ०६ : ०२

जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ। जितपुरसिमरा उपमहानगरपालिका-६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान टोलीले थुनामा राखेर यातना दिएको पीडितकी आमा दुर्गादेवी क्षेत्रीको आरोप छ।
वैशाख ३० गते बिहानै राकेशको हत्या गरेको आरोपमा कक्षा ११ मा पढ्दै गरेकी निरुतालाई प्रहरीले जेठ ८ गते नियन्त्रणमा लिएको थियो। त्यसपछि प्रहरीले थुनामा राखेर शारीरिक र मानसिक यातना दिँदै आएको बालिकाकी आमाले बताएकी छिन्। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद चौधरीको ताकेतापछि नवलपरासीका उखु किसानले पाए अनुदान बापतको रकम
-
निष्क्रिय भए संसदीय समिति : ‘माननीय सदस्यहरू’हराएपछि फोन घुमाउँदै सभापतिहरू
-
प्रधानमन्त्री दाहाल स्वदेश फर्किए
-
मिनभवनस्थित गणेश अवालेको जग्गा वैद्य माओवादीद्वारा कब्जा
-
नेपाली कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन सम्पन्न : पार्टीको तल्लो तहलाई बलियो बनाउन माग
-
शमशेर मियाँसमेत ४ जनालाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै