शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गणतन्त्र संसारकै उत्कृष्टमध्येको शासन व्यवस्था हो : प्रधानमन्त्री

आइतबार, १५ जेठ २०७९, ०९ : ५२
आइतबार, १५ जेठ २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था भएको बताएका छन् । गणतन्त्र स्थापना भएको १४ वर्ष पूरा भएर १५ वर्षमा लागेको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानमार्फत संस्थागत भएको गणतन्त्रको थप विकासका लागि सबै राजनीतिक दल र जनताले सहयोग आवश्यक हुने बताएका हुन् । 

वि.स.२०७७ देखि २०६२/०६३ जनआन्दोलनसम्मका राजनीतिक क्रान्तिले मुलुकमा गणतन्त्रजस्ता राजनीतिक उपलब्धि प्राप्त भएको र हाल देशमा प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली स्थापित भएको बताएका छन् । 

उनले स्वतन्त्र र सार्वभौम देशका नागरिक भएको र जनताले चुनेका निर्वाचित प्रतिनिधिबाट शासन प्रणाली सञ्चालन हुनु गर्वको विषय भएको पनि बताए । हालै स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न भएको र यसै वर्ष प्रदेश र संघीय संसदको निर्वाचन पनि गरिने प्रधानमन्त्री देउवाको भनाइ छ । 

उनले नागरिक अधिकार प्राप्तिका लागि भएका राजनीतिक क्रान्तिमा सहादत प्राप्त गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली पनि व्यक्त गरे । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसहित देशका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप