शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घरबाट बेपत्ता भएकी युवती कालिगण्डकी नदी किनारमा मृत फेला

आइतबार, १५ जेठ २०७९, १२ : ४१
आइतबार, १५ जेठ २०७९

पाल्पामा एक युवती घरबाट बेपत्ता भएको झण्डै एक महिना पछि कालिगण्डकी नदी किनारमा मृत फेला परेकी छन् । जिल्लाको रम्भा  गाउँपालिका–३ अमिले बस्ने वीरबहादुर दर्जीकी २२ वर्षीया छोरी अस्मिता दर्जी मृत फेला परेकी हुन् ।

उनी गत वैशाख ११ गते विहान करिव १० बजेतिर घरबाट निस्केकी थिइन् । वेपत्ता भएलगत्तै उनका परिवारले प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए । शनिवार उनको शव कालिगण्डकी नदि किनारमा फेला परेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टमका लागि रामपुर अस्पतालमा ल्याइएको छ । घटनाको अनुसन्धान भइरहेको डिएसपी थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप