कर्णालीमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्बिर)

आज देशभर गणतन्त्र दिवस मनाइँदैछ । कर्णाली प्रदेशमा पनि भव्यताका साथ गणतन्त्र दिवस मनाइएको छ । गणतन्त्र दिवस मनाउनका लागि मुख्यमन्त्री जीवनबहादुर शाहीको संयोजकत्वमा समिति समेत गठन गरिएको थियो ।
आइतबार बिहान राजधानीको मंगलगढी चोकबाट प्रभातफेरी सुरु गरेर सिटी हलमा कार्यक्रम गरिएको थियो । कार्यक्रमका मुख्यमन्त्री, सभामुख, प्रदेश प्रमुखदेखि विभिन्न निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले गणतन्त्र स्थापना पश्चात नै समावेशी, समानुपातिक शासन व्यवस्था, धर्मनिरपेक्षता, संघीयता लगायतका महत्वपूर्ण राजनीतिक उपलब्धीहरु प्राप्त गरेको बताएका छन् ।
साथै उनले संविधानद्वारा संरक्षित लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो सामाजिक एवं राजनीतिक जीवन पद्धतिका रुपमा संस्थागत हुँदै गइरहेको पनि उल्लेख गरे । प्रदेश प्रमुख तिलक परियारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाद्वारा राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधिनता अझ सुदृढ गदैै संविधानको परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न उर्जा मिल्ने धारणा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा